दफा ४४ङ
कम्प्युटरबाट प्रशोधित अभिलेख प्रमाणको रुपमा लिन सक्ने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनको प्रयोजनका लागि अन्यथा प्रमाणित भएकोमा बाहेक विद्युतीय माध्यमबाट प्रशोधित र विकास गरिएका अभिलेखलाई प्रमाणको रुपमा लिन सकिनेछ । (२) अभिलेख विवरण तथा तथ्याङ्क प्राप्त गर्ने, विश्लेषण गर्ने वा प्रशोधन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था तोकिए बमोजिम गर्न सकिनेछ ।